काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ भने चाँदीको मूल्य घटेको छ ।
सोमबार १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।