बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर आज दिउसो ५.९ म्याग्निच्युटको भूकम्प गएको छ ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालका अनुसार आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिएका छन् । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको छ ।