काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबार प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ । यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।