काठमाडौं । नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज माघ १५ गते आइतबार हुँदैछ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । त्यसैले, माघ २ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।