काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो।
नयाँ मूल्यअनुसार सोमबार छापावाल सुनको दर प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ तोकिएको छ। यद्यपि अघिल्लो दिन यो मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा समेत सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी सोमबार घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।