काठमाडौं । नेपाली रङ उद्योगमा अग्रणी जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट ५० डिलरलाई सम्मानस्वरूप अष्ट्रेलिया भ्रमणमा पठाएको छ। व्यवसायमा डिलरहरूले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप कम्पनीले यो अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रमको आयोजना गरेको हो।
भ्रमणको क्रममा सहभागी डिलरहरूले अष्ट्रेलियाका प्रमुख सहरहरू—सिड्नी, मेलबर्न र क्यानबेराको अवलोकन गर्नेछन्। भ्रमणले उनीहरूलाई त्यहाँको रङ उद्योग, आधुनिक निर्माण प्रविधि र अन्तर्राष्ट्रिय बजार प्रवृत्तिबारे प्रत्यक्ष जानकारी लिन मद्दत गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण अर्यालका अनुसार, जस्मिन पेन्ट्सको सफलता उत्पादनको गुणस्तर र प्रविधिसँगै डिलरहरूको निष्ठा र समर्पणमा आधारित छ। उनले भने, “यस्ता भ्रमण कार्यक्रमहरूले डिलरहरूको व्यावसायिक ज्ञान अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय दृष्टिकोण विस्तार गर्न मद्दत गर्छ।”
यता, कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि भ्रमणको प्रशंसा गर्दै यसले डिलरहरूमा थप उत्साह र प्रेरणा ल्याउने विश्वास व्यक्त गरे। उनले सिड्नी र मेलबर्नस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरूको अवलोकन गर्ने योजना पनि साझा गरे।
देशभर फैलिएको बलियो डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशेष पहिचान बनाएको जस्मिन पेन्ट्सले डिलरहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको जनाएको छ।