नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । हिजो एकैदिन प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १००० रुपैयाँले बढेको हो । प्रतितोला १००० रुपैयाँ बढेसँगै सुनको छापावाल मूल्य ९६ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ । हिजो बुधबार यसको कारोबार प्रतितोला १२ सय ८५ रुपैयाँमा भएको थियो ।