नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५० पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।