अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले २०२१ अर्थात एक वर्षको अवधिमा कुल २१ करोड २७ लाख डलर बराबरको सुविधा लिएका छन् । प्रविधि कम्पनीमा पहिलो वर्षको अवधिमा उनको पारिश्रमिकमा राम्रो वृद्धि समेत भएको समाचारमा जनाइएको छ ।
उनको धेरैजसो पारिश्रमिकको सुविधा आगामी १० वर्षका लागि सेयरमा जाने कम्पनीको फाइलिङमा उल्लेख गरिएको छ । ज्यासीको २०२१ को पारिश्रमिकको सुविधामा उनले २०२० मा पाएको भन्दा ६ गुणाले वृद्धि भएको छ । २०२० मा उनी अमेजनको नाफा कमाउने क्लाउड कम्प्यूटिङ आर्म एडब्लूएसका प्रमुख थिए ।
ज्यासी गत गृष्मकालिन अवधिमा जेफ बेजोसलाई प्रतिस्थापन गर्दै अमेजनको बोर्डको कार्यकारी अध्यक्ष भएका थिए । तर आफ्नो स्पेस फेरिङ कम्पनी ब्लू ओरिजिन र अन्य संयुक्त लगानीका क्षेत्रमा ध्यान केन्द्रीत गर्न कार्यकारी प्रमुखबाट राजीनामा दिएका थिए । बेजोसको आर्थिक सुविधा भने १७ लाख डलरको अपरिवर्तनीय रहेको छ । तर अमेजनकै कारण उनी विश्वका दोस्रो धनी व्यक्ति भएको ब्लूमबर्गले जनाएको छ ।
नयाँ सीईओका लागि ठूलो परिमाणको सेयर दिइनु अस्वभाविक भने पक्कै पनि होइन । उदाहरणका लागि सुन्दर पिचाइले २०१९ मा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको सीईओ भएपछि उनलाई एक पटकको सेयर उपलव्ध गराइएको थियो । उक्त सेयरको मूल्य २४ करोड डलरको भएको कम्पनीको फाइलिङले जनाएको छ । यद्यपि पिचाइले २०२० मा आफ्नो पारिश्रमिकमा कुनै पनि सेयर उपलव्ध गराइएको छैन