काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ बिन्दुमा पुगेको हो ।
सोमबार कुल २५१ कम्पनीको २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोडमाथिको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यसैगरी, आज सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ४३ हजार १ सय ३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आज धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।