काठमाडौं । शुभम् पावर लिमिटेडले पुस ६ गते आज देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी २० करोडको २० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीेका लागि निष्कासन गर्न लागेको हो ।
यस शेयर खरीदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।