काठमाडौं । साताको चौथो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा पुगेको हो ।

बुधबार कुल २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

नबिल बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज १३ वटा उपसूचकमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जानाएको छ ।