काठमाडौं । नेपाल टेलिकमले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते देखि पुस २७ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसैले, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।