काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजारको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।