काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेन्ट्रल फाइनान्स लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ ।
कम्पनीको लाभांशसम्बन्धी सूचना धितोपत्र सूचीकरण विनियमावली बमोजिम नभएको भन्दै नेप्सेले पुस ६ गतेदेखि कारोबार रोक्का गरेको थियो ।
पुस ३ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांशसम्बन्धी निर्णय पुस ६ गते कारोबार समय १२ः३९ मा सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको थियो ।