साताको कारोबारको चौथो दिन बुधबार नेप्से सूचक ११.८१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार बुधबार सेयर बजार ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको छ ।
बजार घटे पनि कारोबार रकम भने घटेको छैन । बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज पाँच वित्तिय कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा क्रमश: सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खपतड लघुवित्त, सृजनशिल लघुवित्त र विन नेपाल लघुवित्त रहेको छ ।
आज सबैभन्दा बढी कारोबार नबिल बैकको ८ करोड ८१ लाख रुपैयाँको भएको छ ।