काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक भारी अंकले बढेको छ ।

आज नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ को विन्दुमा कायम भएको छ । आज कुल २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।