काठमाडौं । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा माघ ९ गते हुने भएको छ । कम्पनीको पुस १७ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै, सभामा कम्पनीले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद गरी जम्मा ६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसअघि कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गेरपनि सभामा भने संशोधित प्रस्ताव पेश गर्न लागेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले, पुस २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।