काठमाडौं । नेपाल फाइनान्सले आज (पुस २० गते) देखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ११ लाख १६ हजार ६१६.१८७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद माघ ४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।