काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आज (पुस २१ गते) वार्षिक साधारणसभा हुँदैछ । सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट परिसरमा ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा प्रस्ताव हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेका छ ।