काठमाडौं । साताको कारोबारको पाँचौ दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७.९२ अंकले बढेर २,१४३.७६ को विन्दुमा कायम भएको छ ।

आज कुल २ सय ५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । आज कम्पनीको ४३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।