काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

यस्तै, कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि कुल ७.८९४७ बितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा बितरण हुने छ ।