काठमाडौं । नेको इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा माघ १५ गते हुने भएको छ । कम्पनीको २१ गते बसेको संचालक समितिको बैठकले सभा नक्साल स्थित लिसारा रिसेप्सनमा गर्ने निर्णय गरेको हो ।
यस्तै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।