काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले माघ १३ गते वार्षिक साधारणसभा डाकेको छ । सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी सभा प्रयोजनका लागि संस्थाले माघ ३ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, माघ २ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।