काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २०.५५ अंकले बढेर २,१६४.४८ को बिन्दुमा कायम भएको छ ।

कुल २ सय ५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आज ५ अर्बभन्दामाथिको सेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।