काठमाडौं । महुलि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७८–७९ को नाफाबाट कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र महुलिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।