काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सबैको लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।