काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष भने यस कम्पनीले ३२।.३० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।