विद्युतीय कार निर्माता टेस्लाका संस्थापक एलन मस्कले ६.८८ बिलियन अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले ७.९२ मिलियन कित्ता सेयर बिक्री गरेका हुन् । मस्कले गत हप्ता बसेको लगानीकर्ताहरुको वार्षिक बैठकपछि सेयर बिक्री गरेको बताइएको छ । सेयर बिक्रीका क्रममा मस्कले आफूलाई रकम चाहिएको जनाएको बीबीसीले जनाएको छ ।
मस्कले ४४ बिलियन डलरमा ट्वीटर किन्ने घोषणा गरेपछि उक्त रकम जोहो गर्ने क्रममा छन् । मस्क यतिबेला ट्वीटर खरिद प्रक्रियाको कानूनी चरणमा छन् । सोहीकारण, उनले ५,८ र ९ अगस्टमा उक्त सेयर बिक्री गरेको अमेरिकी सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनले जनाएको छ ।