काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीले लाभांश प्रस्तावसहित पुस २९ गते वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, कम्पनीले लाभांश प्रयोजनका लागि ४६ करोड ३३ लाख २० हजार रुपैयाँ खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

त्यसैले, पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।