काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
बैंकले बोनस सेयरको कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा बैंकले घोषणा गरेको लाभां पेश गर्न सकिनेछ । यस्तै, मर्जरको सहमति गरेको हिमालयन बैंकले पनि १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।