काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.२२ अंकले बढेर बढेर १८७३.११ विन्दुमा बिन्दुमा पुगेको हो ।

सोमबार कुल २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी, आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २ सय १८ रुपैयाँको सेयर कारोबार भएको हो ।

यसैगरी आज आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।