काठमाडौं । सोल्टी होटलको २६.३१५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार आज अन्तिम दिन रहेको छ ।

सोल्टीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

होटलले साधारणसभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

साथै, गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्दैछ ।