नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरेको छ । यसका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
कम्पनी पब्लिकमा रुपान्तरण भएपछि सर्वसाधारणहरूका लागि प्राथमिक सार्वजनिक सेयर आइपीओ० जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो ।
हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट कम्पनीले इन्टरनेट तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अन्य विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताएको छ ।
कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ ।