काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा।लि।का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।

यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजीलगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ ।

बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।