साताको पाचौं दिन बिहिबार नेप्से परिसूचक स्थिर रहेको छ । बुधबार १८६७.२२ बिन्दुमा बन्द भएको बजार आज ०.०१ प्रतिशतले घटेर १८६७.२१ बिन्दुमा बन्द भएको हो ।
आज नेप्से परिसूचक स्थिर रहे पनि आज कारोबार रकम भने बढेको छ । बुधबार ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९ सय २१ रुपैयाँ पुगेको छ । आज २ सय ४७ वटा धितोपत्रको ३१ लाख ११ हजार ८ सय ३३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो ।