काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले पुस २९ गते प्रथम वार्षिक साधारणसभा गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि सभा गर्ने भएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आइपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउने भएको छ ।