काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसुचक १७.५६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेको छ ।
यस्तै, आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यस्तै, सोमबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरु क्रमशस् धौलागिरी लघुवित्त, सृजनशिल लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्स रहेको छ ।