काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीले अघिल्लो वर्ष भने ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।