साताको कारोबारको तेस्रो दिन सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ को बिन्दुमा कायम भएको छ ।
आज कुल २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । बैंकको ४३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।