काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको आइपीओमा बुधबार कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले पुस ६ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १०५ अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।