काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार भारी अंकले बढेको छ ।
आज नेप्से परिसूचक ६४.८७ अंकले बढेर २,१२५.९४ को विन्दुमा कायम भएको छ । आज २०७ कम्पनीको सेयर मुल्यमा बृद्धि भएको छ भने ५ कम्पनीको मात्रै सेयर मुल्य घटेको छ ।
आज कुल २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् ।