काठमाडौं । एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने आज (पुस २१ गते) अन्तिम रहेको छ ।
यस्तै, यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्याएको छ ।
यस्तै, बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको व्यवस्थापक एनआइबीएल एस क्यापिटलले जनाएको छ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
त्यसैगरी, बिहीबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो ।