काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा आज पुस २५ गते हुँदैछ । सभा रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुँदैछ ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १२ देखि पुस २५ गतेसम्म बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिन र पस्तावित लाभांश पाउनेछन् ।