काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४६.७६ अंकले बढेको छ । आजनेप्स सूचक ४६.७६ अंकले बढेर २२११.३८ को बिन्दुमा पुगेको छ ।

कुल २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आइतबारको सेयर बजार २०.६८ अंकले बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ क्षेत्रमा मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । वरुण हाइड्रोपावर, खानी खोला, छ्याङदी, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, अप्तड हाइड्रोपावर, रादी विधुत्, र वराही हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रिडी हाइड्रोपावरको २० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १६ करोड ९६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको १३ करोड एक लाख र नबिल बैंकको १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।