काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको छ । यसमा अति प्रभावित क्षेत्रबाट रितपूर्वक आवेदन दिएका १ हजार ७७२ जना आवेदकहरुमध्ये १० कित्तादेखि १२ सय कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ ।

यस्तै, १२ सय कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकलाई १२ सय कित्ताका दरले सेयर दिइएको छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ३८० कित्ता सेयर भने १३ सय कित्तादेखि ९ हजार ५२० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ ।

यता, प्रभावित क्षेत्रबाट आवेदन दिएका २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८०० कित्ताको लागि आवेदन दिएकामा ४ लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० अनुसारले बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । बाँडफाँटको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट जततउकस्ररचभकगतिक।उचबदजगअबउष्तब।िअयm बाट हेर्न सकिने छ ।