काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारणसभा आज माघ ९ गते हुने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे होटल लि हिमालय लाजिम्पाटमा हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षक सहितको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरि कुल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव लाई अनुमोदन गर्नेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो ।